लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशैभरि मनोनयनको संख्या १ लाख ३७ हजारभन्दा बढी पुग्यो, विवरण थपिने क्रम जारी

IMG

तिलोत्तमा सिटी, बैशाख १३ गते ।  देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७  हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम जारी छ । देशभरका २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ । यस्तै ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।


कमेन्ट गर्नुहोस्