
तिलोत्तमा सिटी,बैशाख १२ गते २०७९। रामकृष्ण खाँण तिलोत्तमा नगरमा मात्रै होइन रुपन्देही जिल्लाकै राजनीतिक बृत्तमा चर्चित र लोकप्रिय नाम हो । उनी नेपाली काँग्रेसबाट राजनीति गर्छन । तर परी आएका बेला आम जिल्लाबासीका साझा नेताको रुपमा सहयोगी भुमीका निर्वाह गर्न पछि पर्दैनन । त्यही व्यवहारले उनलाइ जिल्लाको साझा र सहयोगी नेताको रुपमा स्थापित गराएको उनका सहकर्मी बताउछन । २०६६ देखि २०७८ सम्म नेपाली काँग्रेस रुपन्देहीको सचिव पदमा रही सफलता पुर्वक जिम्मेबारी बहन गरेका उनी हालका जिल्ला सभापति हुन । पैसा र नामका लागि होइन समाजसेवाका लागि राजनीति गर्नु पर्छ भन्ने पिताको राजनीतिक र सामाजिक व्यक्तित्वबाट प्रेरीत भएर बिद्यार्थीकाल देखिनै राजनीतिमा लागेका खाँण बीसौ बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेदवार हुन । जसरी काँग्रेसले तिलोत्तमाको मेयरका लागी योग्य ठहर्यायो त्यसैगरी नगरबासीले आफनो अमुल्य मत दिएर जन्मथलोको विकास गर्ने अवसर दिने विश्वास उनले लिएका छन ।
नेपाली काँग्रेस र नेकपा माओबादि केन्द्र लगाएत पाच दलिय गठबन्धन पार्टि बिच तालमेल गरी संयुक्त उम्मेदवारी घोषणा भएको तिलोत्तमालाइ आधुनिक र प्रविधियुक्त स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्य र उद्येस्य अनुरुप उम्मेदवारी दिएको खाँण बताउँछन । कृषिका लागि उर्वर भूमि, बन,वातावरण, औधोगिक र पर्यटकीय लगानीका प्रसस्त सम्भावना बोकेको तिलोत्तमालाइ नमुना नगर बनाउने योजना अगाडी सारेका छन । आधुनिक र गुणस्तरीय सडक संजाल,चक्रपथ र भ्यु टावर निमार्ण,नगरभित्रका रोहीणी तिलोत्तमा जस्ता नदिहरुमा तटबन्ध गरी जलाशय निर्माण गर्ने र पर्यटकीय आकर्षणको मुख्य केन्द्र बनाउने उनको लक्ष्य छ । गौशालालाइ धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, सिचाइको उचीत व्यवस्था गरेर कृषिको व्यवसायिकरण गर्दै त्यसलाइ पर्यटन संग जोड्ने योजना अगाडी सारेका छन । नगरभित्र उत्पादनमुकल उद्योगमा लगानी भित्र्याउन र छुट्टै औधोगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने उनको सोच छ ।तिलोत्तमालाइ हराभरा, स्वच्छ, साक्षर र स्वरोजगारयुक्त नगरको रुपमा चिनाउदै देशकै नमुना नगर बनाउने अभियानमा यहाँका बुद्धिजिवि, युवा, महिला, पाको पुस्ता सबै बर्ग र समुदायलाइ संगसंगै लिएर अगाडी बढ्ने उनको प्रतिबद्धता छ ।
राजनीतिक यात्रा
आमा टोपकुमारी खाँण र बुवा नोइन्द्र बहादुर खाँणको साइलो सन्तानका रुपमा २०२२ सालमा रुपन्देहीको मणिग्राम चार नम्बरमा जन्मिएका उनका एक छोरि एक छोरा र एक श्रीमती छन । स्याङ्गजाको रिसिङ्गकोटबाट उनको परिवार २०१७ सालमा तराइ झरेको थियो । तराइ झरेलगत्तै उनका पिताले पञ्चायत बिरोधी आन्दोलनमा रुपन्देहीबाट सक्रिय सहभागिता जनाउन थाल्नु भयो । बुवाकै पदचाप पछ्याउदै उनीपनि २०३५ सालदेखि पञ्चायत बिरोधी आन्दोलनमा लागे । २०३८ मा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परेनन केहि समय हिरासतमा बसे । २०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गीरीजाप्रसाद कोइराला लगायतका नेताहरुको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्यारमा सक्रियता पुर्वक लागे ।
२०४२ को सत्याग्रहका बेला अग्र मोर्चामै खटिएका उनी भाग्यबस जेल जानबाट जोगिएपनि जेल परेकाहरुको रिहाइ, खानपान, खवर आदानप्रदानको काममा सक्रिय भए । २०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिए । २०४७ सालताका बुटवल बहुमुखी क्याम्पसमा स्ववीयु इकाइको कोषाध्यक्ष भए । बुटवलबाट आइए र किर्तिपुर क्याम्पसबाट स्नातक सम्मको अध्ययन सकेका उनी २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भए । २०६६ मा सचिव भएका उनी जिल्लामा दुई कार्यकाल सचिव भएर कांग्रेसको संगठलाई बलियो बनाउदै पार्टीलाइ,गतिशिल, र सुद्र्धिण बनाउदै संगठन बिस्तार गर्न जनहितका कामलाइ शसक्त रुपले अगाडी बढाउनु पर्छ भन्ने मान्यता राख्ने खाँण काँग्रेसजनका माझ स्पष्ट वक्ताको रुपमा परिचीत छन । हाल नेपाली कांग्रेस रुपन्देहीका सभापति हुन।
कमेन्ट गर्नुहोस्