
विवेकशील साझा पार्टीले डा. अमित केसीलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै‚ उपमेयरको उम्मेदवार रूपा गुरुङलाई बनाउने निर्णय गरेको विवेकशील साझाका तिलोत्तमा नगर संचार प्रमुख सुवास लामिछानेले जानकारी दिए। मेयरका उम्मेदवार तिलोत्तमा-७ भलवारी निवासी केसी आँखा रोग विशेषज्ञ हुन्।उनले मणिग्राम स्थित लुम्बिनी आँखा उपचार केन्द्रमा २० बर्ष देखि सेवा दिदै आएका छन्। त्यस्तै उपमेयर पदको उम्मेदवार गुरुङ वडा नम्बर १४ का बासिन्दा हुन्। उनी १० वर्षदेखि शिक्षण पेशामा थिइन्।
पार्टीले हालसम्म ५ वटा वडामा मात्र उम्मेदवार खडा गरेको छ। जसको वडा नम्बर २ मा मदन मरासिनी,वडा नम्बर ६ मा काशिराम पाण्डे, वडा नम्बर ७ मा रबिन जोशी, वडा नम्बर १३ मा शिव कुमार लामिछाने, १४मा आश्विन गुरुङको उम्मेदवारी दर्ता गराएका छन्। बिना बाजा गाजा र्याली सहित गएका विवेकशील साझाका उम्मेदवार रवाफ भन्दा सादा जिबन उच्च बिचारको कदर गरेर अघि बढ्ने उद्घोष मेयरका उम्मेदवार डा अमित केसीले गरेका छन्।
कमेन्ट गर्नुहोस्