लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलाेत्तमामा एकीकृत समाजवादीले महिला मेयर उठाउने

tillotmacitynews - 2022 Apr 25 02:42 PM
IMG

तिलोत्तमा सिटी, बैशाख १२ गते । नेकपा एकीकृत समाजवादीले तिलाेत्तमाकाे मेयरमा महिलालाइ उठाउने निर्णय गरेकाे छ । एकीकृत समाजवादी रूपन्देहीको जिल्ला कमिटि बैठकले सचिवालय सदस्य आशा कुमारी चाैधरीलाई मेयर पदमा उठाउने निर्णय गरेकाे हाे । त्यस्तै उपमेयरमा तिलोत्तमा ९ निवासी युवा नेता  सञ्जिव भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे जिल्ला उपसचिव सरिता श्रीसले जानकारी दिएकी छन् । चाैधरी अनेमसंघ जिल्ला उपाध्यक्ष पदमा रहेर काम गरेकी नेत्री हुन् भने उपमेयरका प्रत्यासी भण्डारी प्राध्यापन क्षेत्रमा आबद्द  छन् भने पेशाले इन्जिनियर हुन् ।  

कमेन्ट गर्नुहोस्