
तिलोत्तमा सिटी, बैशाख ११ गते । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले काठमाडौंमा गठबन्धनको भोट ६० हजार नकट्ने र आफ्नो १ लाख २० हजार आउने स्थापितको दाबी छ । गठबन्धनका तर्फबाट कांग्रेसले सिर्जना सिंह बाहेक अरुलाई उठाए आफ्नो रिङमा नआउने बताएका छन् । एमालेले शनिबार बसेको सचिवालय बैठकबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारमा स्थापितलाई उठाउने निर्णय गरेको छ । आज आइतबार मात्रै हेटौडामा पुगेर प्रदेश सांसदबाट राजीनामा दिई काठमाडौं फर्किएका स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
कमेन्ट गर्नुहोस्