लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानियतह चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

IMG

तिलोत्तमा सिटी,बैशाख ९ गते २०७९।नेकपा एमालेले वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाउनुभयो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।आज सात सय ५३ वटा सबै पालिकामा पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । एमालेले सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिकादेखि जनप्रतिनिधि शासक होइन जनताका सेवक हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले कम्युनिस्ट आन्दोलनमा विभिन्न क्षेत्रबाट योगदान गर्ने १७ जना योद्धालाई सम्मान समेत गरेको छ । 

पूर्णपाठ: नेकपा एमाले स्थानिय चुनाव २०७९ घोषणा पत्र  पढ्न यहाँ क्लिक गर्नुहोस /

कमेन्ट गर्नुहोस्