लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘ए मेरो हजुर ४’ले हप्तामा कमायो ४ करोड

tillotmacitynews - 2022 Apr 23 12:04 AM
IMG

तिलोत्तमा सिटी,बैशाख ९ गते २०७९। नेपाली नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ले प्रदर्शनको पहिलो हप्ता बम्पर कमाई गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको फिल्मले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् फिल्मको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।यो फिल्मले बक्सअफिसमा साउथ फिल्म ‘केजीएफ २’सँग भिडन्त गरेको थियो । जसले गर्दा फिल्मले कुनै पनि मल्टीप्लेक्सहरुमा उच्च शो पाउन सकेन । फिल्म हाउसफूल चल्दा समेत मल्टीप्लेक्सहरुले शो बढाउन आवश्यक ठानेनन्। यसका बावजूद पनि फिल्मले पहिलो हप्ता ४ करोड ग्रस कमाई गर्नुलाई बम्पर मान्न सकिन्छ । बिहीवारबाट फिल्म दोस्रो हप्तामा प्रवेश गरेको छ ।

 

‘केजीएफ २’सँग भिडन्त नगरेको भए फिल्मको कमाई थप राम्रो हुनेमा दुईमत थिएन । तर, निर्माता सुनील कुमार थापाले नेपाली नयाँ वर्ष विदेशी फिल्मलाई टीका लगाएर नलिने भन्दै बैशाख १ गते नै फिल्म रिलिज गरे । आफ्नो करोडौंको लगानीमाथि उनले मोलेको जोखिम एक हदसम्म सफल देखिएको छ । दोस्रो हप्तामा पनि फिल्मको कमाई राम्रो हुनेमा निर्माता थापा विश्वस्त छन् ।लभस्टोरी जनरामा बनेको यस फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको कथा झरना थापा र स्वं. छेतन गुरुङले मिलेर लेखेका हुन् । 

कमेन्ट गर्नुहोस्