लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह : जनमुक्ति

IMG

तिलोत्तमा सिटी,२०७९ बैशाख १० गते । बहुजातिय लोकतान्त्रिक समाजबादको मार्ग मा लम्किरहेको र जनताको माझ लोकप्रिय बन्दै गएको राष्ट्रिय जनमुक्ति पार्टी लाई बिभिन्न शक्तिले प्रहार गर्ने कृयाकलाप बढेको संघीय परिषद सचिव गीता सारुले बताएका छन । स्थानिय तह निर्वाचन नजिकदै गर्दा केही अवाञ्छित शक्तिहरुका राजनीतिक व्यक्तिले बैकल्पिक शक्ती तर्फ उन्मुख जनमुक्तिको इर्ष्या, विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न गर्न बिभिन्न प्रलोभन को जालो फाली जनमुक्तिका इमान्दार कार्यकर्तालाई झुक्काइ संगठनमा जोड्ने कार्य नेपाली काङ्रेसले गर्नु राजनीतिक लज्जास्पद भएको बताएका छन । सारुले बिगतमा भएका गठबन्धनका नाममा चरम स्वार्थी समूह, राज्यशक्तिको दुरुपयोगमा सक्रिय भएको टिप्पणी गरेका छन्। नेपाली काङ्रेस भित्र मौल्याएको विसंगति, वेथिति र अस्थिरता, दुषित खेलको फेरि पुनरावृत्ति भएको उल्लेख गरे। 


नेपाली काङ्रेसको अकर्मण्यताले यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ, अराजकताको विकृत उत्पादन तिर उन्मुख र भ्रष्टाचारमा निर्लिप्त अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुनु जनतामाझ छर्ल्ङ्ग छ । आशन्न निर्वाचन देशको भविश्य निर्धारण गर्ने गहन विषय रहेको हुँदा आफु अनुकुल चुनावी नहुँदा ठुला दलले स्थानीय तहको निर्वाचन रोक्ने अलोकतान्त्रिक र असंवैधानिक दुस्प्रयासमा असफल रहेका शक्तिहरु चुनाव रोक्ने प्रपञ्च रचिरहेका छन् । ‘हामी खबरदारी गर्न चाहन्छौं । तसर्थ   जनविरोधी र राष्ट्रहीत विपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गरेका छन् ।


हेर्नुहोस् राष्ट्रिय जनमुक्ति पार्टी वडा समितिको जारी 

प्रेस विज्ञप्ती

राष्ट्रिय जनमुक्ति पार्टी तिलोतमा-१६ मा २०७९ - बैशाख-४  गते  अध्यक्ष श्री ओम बहादुर थापा सहित मिन बहादुर आले, दलविर थापा, जुग बहादुर राना, टेक बहादुर थापा, गेहेन्द्र बहादुर सिंजाली नेपाली कांग्रेसमा प्रवेश गरको भ्रमाक समाचार सामाजिक संजालमा राखिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।सामाजिक संजालमा आएको यो भ्रामक प्रचार हो। पार्टीको विचारधारामा अडिग रहेको र गलत प्रचार गरी कांग्रोसमा प्रवेश गरेको समाचार भ्रामक रहेको जानकारी गराउदै हामी सम्पूर्ण राष्ट्रिय जनमुक्ति पार्टीमा आधिकारिक रूपमा रहेको यो विज्ञप्ती मार्फत  जानकारी गराउदछौ ।


राष्ट्रिय जनमुक्ति पार्टी जिन्दाबाद

ओमा बहादुर थापा 

अध्यक्ष

तिलोत्तमा-१६ वडा समिति



कमेन्ट गर्नुहोस्