लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वीरगञ्जमा एमाले र लोसपाबीच चुनावी गठबन्धन, एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने

IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् । तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

एमाले र लोसपाबीच भएको सहमतिअनुसार आगामी स्थानीय तहको चुनावमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने छ । एमालेले मेयर सरावगीलाई नै निरन्तरता दिने गरी सिफारिस गरिसके पनि लोसपाले उपमेयरमा कसलाई उठाउँछ भन्नेबारे खुलाएको छैन ।


एमाले मधेस इन्चार्ज रघुवीर महासेठले गठबन्धन घोषणा भएपछि संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गरी अगाडि बढ्ने जनाए । एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले वीरगन्ज महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सत्तारुढ गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । त्यस्तै उपमेयरमा भने कांग्रेसले उम्मेदवारी दिने सहमति छ । यसअघिको स्थानीय तहको चुनावमा पनि मेयरमा सरावगीले जित्दा उपमेयरमा कांग्रेसकी शान्ति कार्की विजयी भएकी थिइन् ।



कमेन्ट गर्नुहोस्