
तिलोत्तमा सिटी, बैशाख ८ गते । राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा आज बिहिबार बुटवलमाआम सभाको आयोजना हुँदै छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनदेखि नायिका रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताए ।
पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बुटवलमा पहिलो आजको यो सभा हुन लागेको हो । पछिल्लोपटक राप्रपामा अधिकांस युवा नेतृत्वमा आउँदा आकर्षण बढेको दाबी गर्दै अबको निर्वाचनपछि राप्रपा नै राष्ट्रिय पार्टीको रुपमा उदाउने दावी उनले गरे । प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानीय निर्वाचनमा एकल उम्मेदवारी दिने योजनामा राप्रपा रहेको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्