लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गठबन्धनका पाँचै दलले बुटवल लगायतका प्रमुख सहरहरुमा संयुक्त सभा गर्ने

tillotmacitynews - 2022 Apr 21 03:46 PM
IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते । गठबन्धन सामेल ५ वटै दलहरुले बुटवल लगायत देशका मुख्य सहरहरुमा यहि बैशाख १८ गतेदेखि संयुक्त सभा गर्ने निर्णय सहितको कार्यतालिका बनाएका छन् । स्थानीय निर्वाचन २०७९ लाई मध्यनजर राखेर चुनाबी सभाहरुको आयोजना गरिएको नेताहरुले जानकारी दिएका छन् । गठबन्धनको संयुक्त सभामा  नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । जसअनुसार बैशाख १८, १९, २० र २२ गते बुटवल लगायतका मुख्य सहरहरुमा संयुक्त सभा हरु गर्ने गरि कार्यतालिका बनाइएको छ ।  

कमेन्ट गर्नुहोस्