लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौंमा मेयरका लागि कांग्रेसबाट सिर्जना सहित पाँच जनाको नाम सिफारिश

IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते । नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले काठमाडौंको मेयरका लागि पाँच जनाको नाम सिफारिश गरेको छ। शुक्रबार बसेको महानगर कार्यसमितिको बैठकले पाँच जनाको नाम सिफारिश गर्ने निर्णय गरेको सभापति नीलकाजी शाक्यले बताए। मेयरका लागि दाबी गरेका पाँचै जनाको नाम सिफारिश गरिएको उनले बताए।


काठमाडौंबाट मेयरका लागि सिफारिश हुनेमा हरिप्रभा खड्गी, नीलकाजी शाक्य, सुसन वैद्य, सिर्जना सिंह र प्रगतिमान रञ्जित रहेका छन्। खड्गी वर्तमान उपमेयर हुन् । त्यस्तै, शाक्य कांग्रेस महानगर कार्यसमितिका सभापति र वैद्य सचिव हुन्। सिंह नेपाल महिला संघकी पूर्व सभापति हुन्। कांग्रेस नेता गणेशमान सिंहकी बुहारी सिंह पछिल्लो समय राजनीतिमा सक्रिय थिइनन् । रञ्जित कांग्रेस महानगरको गत अधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए । सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको तालमेलको सहमति अनुसार काठमाडौंको मेयरको उम्मेदवार कांग्रेसको भागमा परेको छ। उपमेयरको उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ।


कमेन्ट गर्नुहोस्