लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आफ्नो स्थानीय निकाय बाहेकमा ठेक्कापट्टा गर्ने व्यक्ति उम्मेदवार बन्न पाउने

IMG

तिलोत्तमा सिटी, बैशाख ७ गते । सर्वोच्च अदालतले ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न रोक लगाउने फैसला सुनाएको छ । तर, ठेक्कापट्टा आफ्नो स्थानीय निकायबाहेक अन्यत्र गरेको भए उम्मेदवार बन्न पाउने गरी व्याख्या गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा सार्वजनिक गरेको थियो। बुँदा नं. ‘ठ’ मा ‘कुनै पनि स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ हुनुपर्ने उल्लेख छ।


त्यसका विरुद्ध यादव श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले ठेक्कापट्टामा संलग्न व्यक्तिले पनि उम्मेदवार हुनु पाउनुपर्ने माग गर्दै आयोगले जारी गरेको स्वघोषणाको यो व्यवस्था खारेजका लागि आदेश माग गरेका थिए।


सर्वोच्चले त्यसमाथि सुनुवाइ गर्दै थप व्याख्या गरेको हो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तह बाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुनुबाट नरोक्नू भनी प्रत्यर्थी निर्वाचन आयोगको नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम २ को खण्ड क बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।’


कमेन्ट गर्नुहोस्