लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महानगर र उपमहानगरमा गठबन्धनको भागबण्डा मिल्यो, कसको भागमा कहाँ ? (सहमति पत्रसहित)

IMG

तिलोत्तमा सिटी, बैशाख ७ गते । पाँच दलीय सत्तारुढ गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको बाँडफाँट टुंगो लगाएको हो । गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेसले तीन र अन्य तीन दलले एक–एक महानगरको नेतृत्व पाउने भएका छन्। कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा मेयर पाएको छ। यससँगै कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरामा उपमेयर पाएको छ।


नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरको मेयर पाएको छ भने ललितपुरमा उपमेयर पाएको छ। नेकपा (एकीकृत समाजवादी)ले पोखरामा मेयर र काठमाडौंमा उपमेयर पाएको छ । जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्जमा मेयर र विराटनगरमा उपमेयर पाएको छ।

यस्तै, ११ उपमहानगरपालिकाको पनि भागबण्डा मिलेको छ। कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ। यससँगै जितपुर सिमरा, घोराही र हेटौडाको उपमेयर पाएको छ ।


माओवादीले जितपुर सिमरा र घोराहीको मेयर तथा धरान र धनगढीको उपमेयर पाएको छ। एकीकृत समाजवादीले हेटौडाको मेयर र इटहरी, बुटवल र तुलसिपुरको उपमेयर पाएको छ । जसपाले जनकपुरको मेयर तथा कलैया र नेपालगञ्जको उपमेयर पाएको छ । 

हेरौ सहमतिपत्र -

कमेन्ट गर्नुहोस्