लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

षडयन्त्र हुँदैछ, कुनै हालतमा गठबन्धन तोडिनु हुदैन : प्रधानमन्त्री देउवा

IMG

तिलोत्तमा सिटी, २०७८ बैशाख ६ गते । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । उनले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारणा राखेका छन् । नेविसंघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बताए ।


'यो गठबन्धन टुटाउने षडययन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्‍यो भनेको हो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ,' उनले भने, 'गठबन्धन भन्दाखेरि 'गिभ एन्ड टेक' त हुन्छ,' उनले भने, 'कांग्रेस ठूलो पार्टी छ तर सानो पार्टी हामी पनि हुन पाउँ भन्नुभएको छ ।' स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा स्मरण गराए ।


कमेन्ट गर्नुहोस्