लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भागबन्डाको किचलो : गठबन्धन बैठक दिउँसो २ बजेसम्मका लागि सर्‍यो

IMG

तिलोत्तमा सिटी, २०७८ बैशाख ६ गते । सत्ता गठबन्धनको बैठक आज (मंगलबार) दिउँसो २ बजेका लागि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटामा मंगलबार बिहान साढे ११ बजेका लागि बस्ने भनिएकाे साे बैठक दिउँसो २ बजेका लागि सारिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण गठबन्धनको बैठक सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ । गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले कांग्रेसका शीर्ष नेता र कांग्रेस कास्कीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे हाे ।

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले दावी नछोडेपछि प्रधानमन्त्री देउवाले छलफलका लागि कांग्रेस कास्कीका नेतालाई मंगलबार काठमाडौंमा बोलाउनुभएकाे छ । हिजाे (सोमबार) साँझ बसेको गठबन्धनको बैठकमा पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीले आ-आफ्नो दावी पेश गरेपछि महानगर तथा उपमहानगरको सिट बाँडफाँटको टुंगो लाग्न नसकेकाे हाे ।


कमेन्ट गर्नुहोस्