
तिलोत्तमा सिटी,बैशाख ५ गते २०७९। रुपन्देही तिलोत्तमा-२ मा माइती अनि घर भएकी अमृता खत्री टन्डनको रहस्यमय मृत्युको सत्यतथ्य बाहिर ल्याऊन विवेकशील साझा पार्टी तिलोत्तमा नगर कमिटिले माग गरेको छ।
चैत्र ३० गते नयाँ वर्षको अघिल्लो साँझ अमृताको विष सेवनबाट मृत्यु भएको थियो । घटनापछि अमृताका श्रीमान प्रेम टण्डन, सासु र ससुरालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानलाई अघि बढाएको छ । ७ वर्षअघि स्थानीय प्रेमसँग अमृताको प्रेम विवाह भएको थियो । प्राय घरमा झगडा परिरहने २९ वर्षीय अमृताको परिवारबाटै हत्या भएको भन्दै आफन्तहरुले दोषि पत्ता लगाई कारबाही माग गरिरहेका छन् । गत भदौंमा अमृता र उनको परिवार बीच भएको मिलापत्रको एक कागजले समेत उनी पारिवारीक कलह र समस्यामा थिइन् भन्ने कुरालाई जोड दिएको छ ।
अमृताले घर परिवारले सामान्य विषयमा पनि मानसिक र सारिरीक यातना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिईन् । २०७८ भदौ १७ गते वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरु, वडा सचिव, घर र माईती पक्षको बीचमा छलफल गरि अबका दिनमा घरमा बस्ने वातावरण मिलाउने र अमृता घरमै बस्ने गरि लिखित सहमती गरेका थिए ।
घटनाबारे विवेकशील साझा पार्टीका जिल्ला संयोजक हस्ताक्षरित बिज्ञप्तिमा नेता किरण शर्मा पाण्डेले तिलोत्तमाकी शुसिल नारी चेली गुमाउनु परेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाले सत्यतथ्य छानबिन गरि घटनाको छिटो भन्दा छिटो रहस्य बाहिर ल्याउन प्रशासनलाई अनुरोध समेत गर्नुभएको छ।
बिज्ञप्तिमा यसो लेखिएको छ :
कमेन्ट गर्नुहोस्