लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेको घोषणा पत्र अनुमोदन, चुनाव सार्न खोजे प्रतिवाद गर्ने निर्णय

tillotmacitynews - 2022 Apr 18 10:45 PM
IMG

तिलोत्तमा सिटी, बैशाख ५ गते २०७८।  नेकपा एमालेको सरकारले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको बताएको छ ।केपी शर्मा ओलीको निवास, बालकोटमा सोमबार साँझ बसेको सचिवालयको बसेको बैठकले त्यसको कडा प्रतिवाद गर्ने र सरकारको षड्यन्त्रलाई निस्तेज पारेर जाने बताएको छ । उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले चुनावबारे अलमलमा नपर्न र तयारीमा जुट्न समेत पार्टी कमिटीहरुलाई भनेको छ ।


बैठकले घोषणा पत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको छ । ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिने उनले बताए ।बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ ।१२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ । साथै पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।


कमेन्ट गर्नुहोस्