
तिलोत्तमा सिटी । बैशाख ५ गते । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्षस्थ नेताहरूसहित कार्यदल सदस्यहरूको बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।
उम्मेदवारी मनोनयनको मिति नजिकिंदै गर्दा पनि गठबन्धनले उम्मेदवारी तय गर्न सकेको छैन । जसका कारण तल्लो तहमा अन्याेल बढेको छ । तल्लो तहबाट आएका सिफारिस र माथिल्लो तहबाट प्रकट भएको भाबण्डाको अडानले गठबन्धन अप्ठेरोमा परेको छ । आज साेमबार बस्ने बैठकबाट कम्तिमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंग्याउने संभावना रहेको छ । यसअघि पनि आइतबार बिहान शीर्ष नेताहरुको र दिउँसो कार्यदलको बैठक बसेको थियो। तर, सहमति भने जुटेन। आज बिहान बस्ने बैठकबाट महानगर र उपमहानगरमा सिट बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरिएको छ ।
दलहरुले महानगर र उपमहानगरमा आ–आफ्नै दाबी प्रस्तुत गरेका कारणले पनि सहमती जुटन कठिनाइ भइरहेको छ।
यसैबीच, सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (सोमबार) बस्ने भएको छ। कांग्रेस नेता एवम् समिति संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बस्ने बैठकले स्थानीय निर्वाचनमा तालमले कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।
कमेन्ट गर्नुहोस्