
तिलोत्तमा सिटी । बैशाख ५ गते । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ । बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।
कमेन्ट गर्नुहोस्