लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेयरको टिकट नपाउने भएपछि दाङ माओवादीका इन्चार्जद्वारा राजीनामा

IMG

तिलोत्तमा सिटी, २०७८ बैशाख ५ गते । घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्यसमेत रहनुभएका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो । गौतम ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवारी दिनुभएको थियो ।


अहिले पनि उहाँले घोराही उपमहानगरपालिका मेयरको दाबी गर्नुभएको थियो । तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उहाँले पार्टी परित्याग गर्नुभएको हो । नारायणकाजी श्रेष्ठनिकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आउनुभएको थियो । साथै, उहाँले माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाउनुभयो । माओवादी छोडे पनि कुनै पार्टीमा नजाने उहाँको भनाइ छ ।


कमेन्ट गर्नुहोस्