लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भरतपुर चाहिन्छ भन्ने छैन तर अर्थमन्त्री फेर्ने सम्भावना पनि छैन : प्रचण्ड

IMG

तिलोत्तमा सिटी, २०७८ बैशाख ५ गते ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए । हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि हाल उनी निलम्बित अवस्थामा छन् । गभर्नर निलम्बनको विषयलाई लिएर मन्त्री शर्माको आलोचना भइरहेको छ ।

यसैबीच

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, भरतपुरको पछाडी नलागेको बताउदै तर भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको दाबी गरेका छन् । आजै सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् । हामी एक छौ र एक रहने छौ प्रचण्ड ले भने छलफल हुनु एउटा पाटो भएपनि सत्ता साझेदार र गठबन्धन बीच कुनु मनमुटाब छैन । 

कमेन्ट गर्नुहोस्