
तिलोत्तमा सिटी, बैशाख ४ गते २०७९। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पालिकामा चुनाव प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरेको छ ।
शनिबार एक कार्यक्रम मार्फत पार्टीका केन्द्रीय सल्लाहकार देवी प्रसाद पाण्डेले तिलोत्तमा-५ मणिग्राम स्थित प्लटलाईनमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सल्लाहकार देवी प्रसाद पाण्डेले काँग्रेस, कम्युनिष्ट जस्ता पुराना पार्टीहरुले राजनीतिलाई समाज सेवा नभई कमाइ खाने भाँडो बनाएर राजनीतिमा अनेक विकृति र विसंगति भित्र्याएकाले जनता समाजवादी पार्टीले ती विकृति विसंगतिको अन्त्य गर्दै जनताको चाहना बमोजिमको विकास, समृद्धि, उन्नति र प्रगति ल्याउने बताए । उहाँले स्थानीय तहले गर्न सक्ने काम जनताको चुल्हो बाल्ने काम सम्म गर्न नसकेकोमा दु:ख ब्यक्त गर्दै नेकपा एकीकृत समाजबादीले गर्न नसक्ने ठुला ठुला योजनाभन्दा पनि युवा स्वरोजगार , जनताको प्रत्यक्ष लाभ लिने खालका काम र सामाजिक सम्वृद्धिका लागी अघि बढ्नुपर्ने बताए।
त्यस्तै सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य एबम प्रदेश सचिव तथा जिल्ला अध्यक्ष राजु गुरुंगले देशमा राजनीतिक परिवर्तनसँगै भएको राज्यको पुनर्संरचनाले आम गरिखाने जनताको दैनिकी सुधार गर्नुपर्नेमा त्यस्तो हुन नसकेकोले अब जनताको अवस्था फेर्ने राजनीति आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै गुरुंगले जनताको इच्छा, चाहना र आकांक्षा सम्बोधन गर्न जसपा अग्रसर हुने बताउँदै आउँदो चुनावबाट रुपन्देही जिल्लामा दोस्रो र नेपालमै तेस्रो पार्टी बन्ने दाबी गरे । यो निर्बाचन हाम्रो पार्टीको अवस्था हेर्ने र परिक्षा दिने खुड्किलो भएकोले स्थानिय निर्बाचनमा कांग्रेसले गठबन्धनको धज्जी उडाए हार खेप्नुपर्ने बताए। गुरुंगले गठबन्धनको नाममा हामि कांग्रेशलाई जिताउन मात्र आएका होइनौ , परिआए एक्लै लड्न पनि तयार रहेको समेत बताए।
सो कार्यक्रममा अध्यक्षता गरेका तिलोत्तमा नगर कमिटिका अध्यक्ष राज्नेद्र सुबेदीले एमालेले गर्न नसकेका थुप्रै काम हरु अब एकीकृत समाजबादीले गर्न तयार रहेकोले गाउँबाट जुटेर प्रतिगमनका बिरुद्ध एक हुनुपर्ने बताए। उनले गठबन्धनमा एकीकृत समाजबादी आफु अनुकुल भए समाबेश हुने नभए एक्लै चुनाव लड्न समेत तयार रहेको समेत बताए।
नगर कमिटि सचिव रमेश पौडेलको संचालन रहेको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य भगवती घिमिरे , प्रदेश कमिटि सल्लाहकार गणेश कंडेल , नगर कमिटि इन्चार्ज कृष्ण भुसाल, महिला नेत्री आशा चौधरी, घोषणा पत्र निर्माण संयोजक संजीव भण्डारी,नगर कमिटि उपध्यक्ष तथा जिल्ला कमिटि सचिबालय सदस्य यज्ञश्वर क्षेत्री लगायतले बोल्दै अबको चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीले तिलोत्तमा नगरपालिकामा ऐतिहासिक स्थान हासिल गर्ने बताए ।
कमेन्ट गर्नुहोस्