
तिलोत्तमा सिटी, बैशाख ३ गते २०७९। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आजै साँझसम्ममा खाका तयार हुने बताएका हुन् । उनले भने, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” \
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए । साथै पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्