लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेखर कोइराला भन्छन्–गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपन

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र २९ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् ।  देशको ढुकुटीमा विदेशी मुद्रा घटिरहेको बेलामा विलासिताका सामान आयात गर्नु हुँदैन भन्दा गभर्नरलाई कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको उनले बताए ।

काठमाडौंमा भएको एक कार्यक्रममा नेता कोइरालाले भने, ‘तालमेल मिलेन रे, राष्ट्र बैंकको गभर्नरसँग कुरा मिलेन रे भनेर निलम्वन गर्नु एकदम गैर जिम्मेवार हो भन्ने मलाई लाग्छ ।’


कमेन्ट गर्नुहोस्