लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३०  गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिले सेना परिचालनको अनुमति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मंगलबार राष्ट्रपति भण्डारीले स्थानीय चुनावमा सेना परिचालनको स्वीकृति दिएको बताइएको छ।


कमेन्ट गर्नुहोस्