लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा माओबादी केन्द्र तिलोत्तमा-५ मा हिरा र १७ मा थारुको उम्मेदवार प्रस्ताब

IMG

तिलोत्तमा सिटी,२०७८ चैत्र २६ गते।  आगामी बैशाख ३० गते हुने स्थानीय चुनाबमा रुपन्देहीको तिलोत्तमा वडा न.५  वडाअध्यक्ष पदको लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )लोकप्रिय युवा नेता कम्रेड.हिरा गिरी (डायमण्ड) ले उम्मेदवारी दिने भएका छन्।  तिलोत्तमा -५ वडा कमिटीका अध्यक्ष समेत रहेका उनलाई शनिबार बसेको नेकपा माओबादी केन्द्र वडा पदाधिकारीको बैठकले सर्बसमत उम्मेद्बारीको रुपमा अधि सार्ने निर्णय गरेको हो।


त्यस्तै गरि वडा न १७ को आजै बसेको बैठकले पनि सो वडाका लागी ओमनारायण थारुलाई अध्यक्ष , पशुपति बस्याल , राजेन्द्र प्रसाद धोबि लाई सदस्य पदको लागि सर्बसमत रूपमा अघि सारेको छ । अब केहि दिन भित्र पार्टीबाट सम्पुर्ण वडामा सबै उम्मेद्वारीका लागी प्रस्ताबित नाम घोषणा गर्ने गरि अघि बढेको नगर कमिटिका सचिब अनिल चापागाईंले बताए।  उनले प्रस्तावित नाम पछि संयुक्त गठबन्धन बाट उम्मेदवारको टुंगो लाग्ने गरि कसरत भैरहेको समेत जानकारी दिएका छन्। 



कमेन्ट गर्नुहोस्