लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादीमा प्रवेश गर्नेको लहर

IMG

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। चुनावी प्रतिबद्धता अनुरुप विकासका कामहरु गरेका भन्दै माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ। प्रचण्ड चितवनबासीको अभिभावक भएको, उहाँकै नेतृत्वमा देशले संकटमा निकास पाउने र चितवनसँगै देशको विकास पनि माओवादीकै नेतृत्वमा मात्रै सम्भव भएको भन्दै माओवादी केन्द्र प्रवेशको लहर चलेको हो। यसैबीच आज (शुक्रबार) नेपाली कांग्रेस र एमाले परित्याग गरी चितवनको खैरहनीमा ८८ जना नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरुलाई आज दिउँसो चितवनको खैरहनीमा आयोजित वैचारिक तथा राजनीतिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो।


उनीहरुले नेपालको राजनीतिक परिवर्तनको मियो माओवादी केन्द्र भएको निश्कर्षसहित कांग्रेस, एमाले परित्याग गरेको बताए। चितवनको विकास र देशको निकास प्रचण्डको नेतृत्व र माओवादीबाट मात्रै सम्भव हुने आफूहरुको बुझाइ रहेको समेत बताएका छन्।अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई स्वागत गर्दै सामाजिक न्यायसहितको समृद्धिको दिशातर्फ देशलाई अघि बढाउँदै समाजवादी क्रान्ति गर्न माओवादी कटिबद्ध भएको बताउनु भयो। देशैभरि माओवादी प्रवेशको लहर चलेको बताउँदै उहाँले आगामी निर्वाचनलाई ब्याटलका रुपमा बुझेर तयारीमा जुट्न निर्देशन समेत दिनुभयो। बुधबारमात्रै भरतपुरमा एमाले, कांग्रेस र अन्य पार्टी छोडी २ सय १० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए।


कमेन्ट गर्नुहोस्