लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

औषधी ब्यवसायीको हितमा नीति ल्याउन आग्रह

IMG

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। रुपन्देहीमा शुक्रबार सम्पन्न नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै अति संवेदनशिल बस्तुको बिक्री वितरणको पेशा अप्नाउने औषधी ब्यवसायीहरुप्रति सरकारको भुमिका सकारात्मक हुनुपर्ने बताए । १४ वर्ष पुरानो औषधि निर्यातको मूल्य कायम हुदा आफुहरु समस्यामा परेको भन्दै नीजि क्षेत्रबाट औषधी ब्यवसायलाई मर्यादित र उत्तरदायी बनाउन अग्रसर हुदा यसमा सरकारको ध्यान नगएको उनले दुखेसो गरे ।


संघ स्थापना भएको ४९ वर्ष पुगेको भन्दै उनले अझै पनि सरकार उदासिन देखिएको उनले बताए । देशभर औषधीको मूल्य एकरुपता ल्याउने र सहि ढंगले पुर्याउने काम गरेको भन्दै उनले करिब ५५ देखि ६० अर्ब रुपैयाको वार्षिक ब्यापार गर्ने ब्यवसायीप्रति सरकारको नीतिगत रुपमै समस्या देखिएको बताए । नेपाल सरकारले ९६ वटा उत्पादन औषधीको मूल्य निर्धारण गरेको छ । करीब ५५ प्रतिशत औषधीहरु आयात गर्नुपर्ने अवस्था छ । सरकारले पैठारिस सिफारिस पत्रको समयावधि अध्यावधिक नगरिदा आयातमा समस्या भएको उनले बताए । औषधि विभागमा १४ वर्ष पहिलेको मूल्य नै कायम हुदा यसले अहिले समस्या उत्पादन भएको उनले दुखेसो गरे । समयसापेक्ष मूल्य समायोजना गर्नुपर्ने तथा नविकरणमा सहजता आउनुपर्ने उनले बताए ।


बैशाखबाट आन्दोलन गर्ने तयारीमा रहेको समेत उनले बताए । कार्यक्रममा प्रदेश अध्यक्ष शिव ज्ञवालीले संवेदनशिल औषधीको कारोबार गर्ने ब्यवसायीहरुलाई धेरै चुनौतीहरु रहेको बताए । संघमा सदस्यता बढाउन विशेष रुपमा लाग्नुपर्ने भन्दै संस्था फुटाउने तत्वहरुप्रति सचेत हुनुपर्ने बताए । आयात, थोक र खुद्रा ३ प्रकारका ब्यवसायीहरुलाई मिलाएर अघि बढाउनुपर्ने सुझाव दिदै केवल नेतृत्वमा बस्ने तर कार्यकालमा अगाडि नबढाउने गलत हुने बताए । प्रादेशिकस्तरमा गठन भएका संस्थालाई क्रियाशिल गराउन केन्द्रबाट नै आवश्यक निर्देशन र सहयोग जरुरी रहेको उनले बताए । फार्मेसी अध्ययन गरेका मात्र नबिकरण अधिकारको कुरा भएको भन्दै उनले यसमा आफुहरु निक्कै कठिनाई झेल्नुपर्ने बाध्यता रहेको बताए ।कार्यक्रममा स्वस्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा बिनोद गिरीले देशमा संघियता कार्यान्वनको चरणमा रहदा धेरै समस्या उत्पन्न भएको भन्दै औषधी ब्यवसायीहरुको प्रदेशस्तरमा अनुगमन गर्ने रुपमा कार्यालयस्थापना गर्न जरुरी रहेको बताए । कार्यक्रममा संघका केन्द्रिय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष रामप्रसाद खरेल, सुनिल श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, गण्डकी कृष्ण प्रसाद पाण्डे, कर्णाली प्रदेशका प्रेम बहादुर भण्डारी, बागमति प्रदेशका उपाध्यक्ष कृष्ण पाण्डे, लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, नेपाल औषधी उत्पादक संघ केन्द्रिय सदस्य गणेश पाठक, नेपाल चेम्बर अफ कमर्श प्रदेश अध्य टंक पोखरेल, संघका सल्लाहकार प्रकाश श्रेष्ठ, कृष्ण रोकाया, महासचिव लुकराज न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराईले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै यसतर्फ राजनितिक नेतृत्व गैरजिम्मेवार भएको दुखेसो गरे ।


ब्यवसायी, उद्योगीहरुको विषयमा सरकार गम्भीर नदेखिएको भन्दै प्रदेश संरचनाको आवश्यकताबारे सोच्नुपर्ने अवस्था आएको उनहरुको तर्क छ ।कार्यक्रममा एक वर्ष कार्यकालको अवधिमा संघको ईतिहास समेटेर तयार पारिएको स्मारिका विमोचन गरिएको थियो । यसैगरि कार्यमुल्याकनको आधारमा उत्कृष्ट जिल्ला शाखाका रुपमा रुपन्देही शाखालाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । यसैगरि प्रोत्साहन शाखाका रुपमा बर्दिया र पाल्पा जिल्लालाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । लुम्बिनी प्रदेशमा ३ हजार बढि ब्यवसायी संघमा आवद्घ छन भने देशभर सात प्रदेशमा २१ हजार सदस्य आवद्ध रहेका छन ।

कमेन्ट गर्नुहोस्