लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लखनकै शालिकअघि ओलीको पुत्ला दहन

IMG

तिलोत्तमा सिटी,चैत्र २३ गते २०७८। नेपाल मगर युवा संघको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो ।बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।


विरोध सभा कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापालगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणवद्ध आन्दोलन गर्ने बताए ।२०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । तर ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समु्दायको अपमान गरेको उनीहरुले बताए ।

कमेन्ट गर्नुहोस्