
तिलोत्तमा सिटी,चैत्र २२ गते २०७८। स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच सहकार्य भैरहेकाे छ । रुपन्देहीका विभिन्न पालिकाहरुमा पनि गठबन्धनकाे संयुक्त बैठक आयाेजना गरी नगरकाे जिम्मेवार दिने तयारिमा जुटिरहेका छन् । त्यस्तै रुपन्देहीको सुब्यबस्थित नगर तिलाेत्तमा पनि पाचँ दलिय गठबन्धनकाे बैठक सम्पन्न भएकाे छ । नगरपालिका एमालेकाे आधार क्षेत्र र बिगतकाे निर्वाचनमा पनि एमालेले जितेकाे नगरपालिका हाे तर पछिल्लाे समय ५ दलिय गठबन्धनले गर्दा एमालेलाई चुनावि मैदानमा उत्रिन निकै चुनौतिकाे बिषय बनेकाे छ।
सबै वडाहरुबाट आएका उम्मेदवारहरुलाई पार्टीको प्रस्ताबको रुपमा रहेको र गठबन्धनले सयुक्त रूपमा फाइनल गर्ने गरि केहि दिनमै उम्मेदवार टुंग्याउने नेकपा माओबादी केन्द्रका प्रबक्ता अनिल चापागाईंले बताए। तिलोत्तमामा क्रियाशिल पाँच दलको संयुक्त बैठकले आउदो स्थानीय चुनाबमा केन्द्र र जिल्ला स्तरीय निर्णयलाई आत्मसात तिलोत्तमा नगरपालिकामा पनि पाँच दलिय गठबन्धन सहित शस्क्त रूपमा उत्रने निर्णय गरेको छ। प्रतिगमनकारी तत्व र सर्ब सत्ताबादीका विरुद्ध एकजुट भएर जाने निर्णय गर्दै गठबन्धनलाई स्थायित्व दिने निर्णय गरेका छौ , नेकपा माओबादी केन्द्रका नगर प्रबक्ता अनिल चापागाईंले बताए।
चुनावलाई लक्षित गर्दै तिलोत्तमामा क्रियाशिल पाँच दलिय गठबन्धनले संयुक्त रुपमा बैठककाे आयाेजना गरि नगरकाे उम्मेदवार घाेषणा गर्ने तयारी समेत गरकाे छ । आउँदो स्थानीय चुनाबमा केन्द्र र जिल्लाकाे निर्णय लाई आत्मसात गर्दै ।पाँच दलिय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय गरेकाे छ ।तिलोत्तमा नगरपालिकामा पनि पाँच दलिय गठबन्धन सहित शसक्त रूपमा प्रतिगमनकारी तत्व र सर्ब सत्ताबादीका विरुद्ध एकजुट भएर जाने सर्बसमत निर्णय गरेकाे नेकपा माओवादी केन्द्र तिलाेत्तमा नगरका प्रवक्ता अनिल चापागाईं (संस्कार) ले जानाकारी दिए ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति हरिलाल पाण्डे ,नेकपा( माओवादी केन्द्र ) नगर अध्यक्ष बेल प्रसाद शर्मा ,नेकपा समाजवादी अध्यक्ष राजेन्द्र सुवेदी , राष्ट्रिय जनमोर्चा प्रतिनिधि शिव राम घिमिरे ,नेपाली काङ्ग्रेस उपसभापति कल्याण पौडेल,नेकपा समाजवादी इन्चार्ज कृष्ण भुसाल र राष्ट्रिय जनमोर्चा प्रतिनिधि टान ब.केसि लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
कमेन्ट गर्नुहोस्