लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन् : लिङ्देन

IMG

तिलोत्तमा सिटी,२०७८ चैत्र २२ गते।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको बताएका छन् ।राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको टिप्पणी गरेका हुन् ।‘सबै ठूला दलले ३२ वर्षसम्म मुलुकलाई बन्धक बनाएर राखे’, लिङ्देनले भने, ‘विदेशीलाई मालिक मानेर सत्ता टिकाउने खेलमा तीनै दल बराबर जिम्मेवार छन् ।


’लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र नेपालको स्थायित्वको आधार भएको दावी गर्दै लिङदेनले राजतन्त्र र गणतन्त्रमध्ये कुन व्यवस्था महंगो भनेर तुलना गर्ने समय आएको टिप्पणी गरे । गणतन्त्र आएको १५ बर्षमा स्वीस बैंकमा ७० अर्ब रुपैयाँ अवैध रुपमा जम्मा भएको उनको आरोप छ ।कार्यक्रममा राप्रपा उपाध्यक्ष ध्रवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले आउँदो निर्वाचन राप्रपाा निर्णायक शक्ति बन्ने बताए ।

कमेन्ट गर्नुहोस्