लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लोकतन्त्रको रक्षा र विकासका लागि गठबन्धन आवश्यक

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र २१ गते ।  स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा पनि चुनावी सरगर्मी सुरु भएको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दल र मुख्य प्रतिपक्षी दल नेकपा एमालेबीच कडा प्रष्तिपर्धा हुने देखिएको छ । दुबै पक्षले आफूले जित्ने तथा बहुमत प्राप्त गर्ने दाबी गदै चुनावी प्रचार प्रसारमा लागेका छन् ।रिर्पोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले आयोजना गरेको स्थानिय तहमा दलहरुको राजनीतिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै दुबै पक्षले आफूले जित्ने आधार भएको दाबी गरेका छन् ।


साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर बहादुर पुनले गठबन्धन दल भित्र पार्टीहरुले आ–आफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने वताए । लुम्विनी प्रदेशमा गठवन्धनको अत्यधिक बहुमत आउने दावी गरे ।सभापति पुनले गठबन्धन दलहरुले चुनावी तालमेलमा अक्षरस पालना गर्ने बताए । उनले भने ‘मुलुकमा कांग्रेसबिना शान्ति र समृद्धि हुँदैन भन्ने पुष्टि भइसकेको छ । लोकतन्त्रको रक्षा र विकासका लागि कांग्रेसको नेतृत्वसहितको गठबन्धन आवश्यकता भएको ठहर गर्दै गठबन्धनकै निरन्तरता दिन एक भएर निर्वाचनमा जाँदैछौं । हिजो (२०७४को निर्वाचन) मा केहि मतले पछि परेका थियौं , अहिले त्यस्तो हुँदैन ।’त्यसैगरी नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दावी गरे । उनले प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार ६० प्रतिशत भन्दा धेरै जित हासिल गर्ने ठोकुवा गरे । उनले एमाले जनताको प्रिय पार्टी भएकाले जस्तो सुकै गठबन्धनले फरक नपार्ने बताए ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदिय दल लुम्विनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्तागठवन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने जोड दिए । प्रदेशका सवै स्थानिय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भैरहेको वताए ।त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरुले झुटको राजनीति गर्दै आएको वताए । उनले ठूला दलको होडवाजीले गठवन्धन निर्माण भएको वताए । निर्वाचनका वेला मिठा भाषण र जनतालाई आश्वासन दिने दलहरुले निर्वाचन पश्चात् प्रतिवद्धता पुरा नगर्ने गरेको भन्दै वेईमानीको राजनिति नगर्न सुझाव दिए । कार्यक्रम रिपोटर््र्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।


कमेन्ट गर्नुहोस्