
तिलोत्तमा सिटी,२०७८ चैत्र १९ गते।अखिल नेपाल महिला सघ( क्रान्तिकारी )तिलोत्तमा नगर कमिटीमाको दोस्रो सम्मेलनबाट नया कार्यसमिति चयन भएका छन्।कमिटिको आज सम्पन्न भेलाले नगर कमिटीमा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको अध्यक्षमा कमला पाण्डे, उपाध्यक्ष बिमला बगाले, बाल्मिका गौतम र पबित्रा पौडेल, सचीवमा अप्सना तिवारी, सह सचिब शोभा पराजुली,कोषाध्यक्ष रगुना पाण्डे अधिकारी लगायत ६१ सदस्यीय समिति रहेका छन्।
भेलाको सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र तिलोत्तमा नगर कमिटिका अध्यक्ष बेल प्रसाद शर्माले सबै चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई संगै सफल कार्यकालको शुभकामना दिदै आगामी निर्वाचनमा होमिन सबैलाई आग्रह समेत गर्नुभएको छ।
कमेन्ट गर्नुहोस्