
चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले (सोनाम) केपी शर्मा ओलीको प्रतिगमनका बिरुद्ध तयारी भएको बताउनुभएको छ। राजनीतिक गठबन्धनका विरुद्ध एक्लै जितिन्छ भन्दै कुर्लिरहेको एमालेलाई लुम्बिनी प्रदेशमा भाङ बालेर खोज्ने बनाउनका लागि लुम्बिनीमा केपी शर्माका प्रतिगमन र अहंकारी प्रबृत्तिको विरुद्धमा सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सम्पूर्ण तयारी भइरहेको मुख्यमन्त्री केसीले बताउनुभयो ।
मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ रोल्पाले आयोजनाको गरेको महोत्सवलाई उद्घाटन गर्दै रोल्पाको लिबाङमा सो कुरा बताउनुभएको हो । नेकपा एमालेलाई आगामी ५ वर्षमा प्रतिपक्षरुपमा बस्न तयार हुन अनुरोध गर्दै उहाँले भन्नुभयोः–“नेपालको राजनीतिक इतिहासमा अब केपी ओलीले गरेको प्रतिगामी कदमको विरुद्धमा गठबन्धन बनाएका छौ, यस गठबन्धनको मर्म अनुसार आगामी ५ वर्षका लागि अगाडि बढेका छौ, त्यसलाई हामी अगाडि एमालेलाई बढार्ने अभियायानमा १०९ स्थानीयतहको बैठक बसाल्ने तयारी गरेको छौँ ।”
उहाँले लुम्बिनी प्रदेशमा एमाले विपक्षी दलले गैर राजनीतिक भाषण गर्दै अगाडि बढेको बताउँदै त्यसका लागि लुम्बिनीमा ४२ सीटमा रहेको एमालेलाई ३६ सीटमा झार्ने आफै भएको बताउनुभयो । उहाँले भन्नुभयोः–“ एमालेको ४२ सीटको एमाले प्रदेश सभा सदस्यहरुलाई राजनीनामा गराएर ३६ सीटमा लिएर नयाँ गठबन्धनको सरकार बनाएका थियौँ ।” त्यो पनि हेक्का राख्न अनुरोध गर्दैै गैर संवैधानिक कदमको ख्याल गर्न समेत अनुरोध गर्नुभयो ।
जनयुद्धको उद्गम थलो रोल्पाबाट माओवादीका प्रभावशाली नेता समेत रहनुभएकाले लुम्बिनीमा गठबन्धनलाई विजय बनाएर देखाई दिने बताउँदै त्यसमा सत्ता गठबन्धनले समेत एक भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले गणतन्त्र र संघीयता साथै संविधानको रक्षाका लागि गठबन्धन भएको बताउँदै त्यसका लागि सबै लाग्न अनुरोध गर्नुभयो । यहाँ पार्टी जित हारको कुरा छैन यहाँ एजेण्डाको विजयका लागि हो मुख्यमन्त्री केसीले भन्नुभयो ।
उहाँले रोल्पा जिल्लाको समृद्धका लागि सबै नागरिकको लागि समृद्धको सपना माओवादी केन्द्र र वर्तमान सरकारले नै कोरेको बताउनुभयो । रोल्पामा जनयुद्धमा गरेको बलिदानको कारणले वर्तमानको रोल्पा बनेको बताउँदै उहाले रोल्पाको गौरवपूर्ण इतिहासलाई सम्वोधन गर्दै गएको र आगामी दिनमा समेत गरिने बताउनुभयो । उहाँले भन्नुभयो : रोल्पामाको जनयुद्ध भ्यूटारको नकरात्मक ढंगले टिप्पणि प्रति भ्यूटावरको विरोध होइन जनयुद्ध र वलिदानप्रतिको अपमान गरिएको भन्दै झापा १ अर्वको बेतुकका खर्चको चर्चा छैन तर रोल्पामा बलिदानीहरुको सम्मानार्थ गरेको ६ करोडको चर्चा किन ? यो भनेको जनयुद्धको अपमानमा आएका हुन् । ”
यसैगरी लुम्बिनी प्रदेशका उद्योग आपुर्ति मन्त्री अजय शाहीले प्रत्येक जिल्ला आगामी वर्षमा एक जिल्ला एक नमूना उद्योग निर्माण गर्ने बताउँदै त्यसका लागि प्रदेश सरकार लागि योजना निर्माण गरिरहेको बताउनुभयो ।जिल्लाका उद्यमीहरुलाई प्रर्वद्धन र विस्तार गर्नका लागि निर्देशन समेत दिनुभयो ।मन्त्री शाहीले भन्नुभयोः–“प्रदेशका १२ वटा जिल्लामा नमूना उद्योग स्थापना गर्नका लागि लागेको छु, रोल्पा जिल्लामा पनि एउटा नमुना उद्योग स्थापना गर्न प्रदेश सरकार हाम्रो मन्त्रालय तयार छ यसमा सबैले सहयोग आवश्यक छ ।”उहाँले बेरोजगार युवाहरुलाई देशमै सीपयुक्त क्षमताको विकास गरी अगाडि बढाउनको लागि प्रदेश सरकारले युवाहरुलाई सीप प्रदान गर्नका लागि कार्यक्रम लिएको बताउनुभयो । उहाँले आम प्रदेशबासीलाई समृद्ध बनाउको लागि प्रदेश सरकारले संघ र स्थानीयतहसँग सहकार्यतासँग सीप प्रदान गरिने बताउनुभयो । महोत्सवमा स्थानिय जनप्रतिनिधी, राजनीतिक दल कलाकार लगायतको सहभागीताा भएको थियो । घरेलु तथा साना उद्योग महासंघ रोल्पाले आयोजनाको गरेको सो महोत्सव यहि चैत्र २७ गतेसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्