लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईओसीलाई बुझायो निगमले १२ अर्ब ३० करोड

IMG

२०७८ चैत ९ , तिलोत्तमा सिटी ।  नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गरेको छ । निगमका निमित्त नायब कार्यकारी एवं अर्थ र प्रशासन प्रमुख नागेन्द्र साहका अनुसार बुधवार आईओसीलाई मार्च महिनाको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको हो । गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको साहले बताए ।उनले भने, ‘गत ८ मार्चमा भुक्तानीका लागि नियमित बिक्रीबाट नपुगेर मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड चलाएका थियौँ ।’निगम अझै मासिक १० अर्ब घाटामा रहेको भन्दै उनले अब ८ अप्रिलको भुक्तानीमा निगमलाई थप दबाब हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्