लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै

IMG

२०७८ चैत ६, तिलोत्तमा सिटी ।  माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज आइतवार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको वृहत् कार्यकता भेलामा विष्ट एमाले प्रवेश गर्नुभएको हाे । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले उहाँलाई स्वागत गर्नुभएकाे थियाे । विष्टसहित माओवादी केन्द्र र अन्य पार्टीबाट केही व्यक्ति एमाले प्रवेश गरेका छन् । 


विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले माओवादी केन्द्र जनता केन्द्रित नभएर व्यक्तिमा केन्द्रित भएको र अमेरिकी सहायता एमसीसी पास गरेकाले पार्टी परित्याग गरेको बताउनुभयो ।विष्टले केही दिनअघि माओवादी केन्द्र परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । उहाँलाई आज माओवादी केन्द्र संसदीय दलले दलको सदस्यताबाट निलम्बन गरेको थियो ।

कमेन्ट गर्नुहोस्