
२०७८ फागुन ३० ,तिलोत्तमा सिटी । आज सोमवार ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा शेयर बजारको आजको कारोबार प्रभावित भएको छ । दिउँसो १ बजे अघिदेखि नै लगानीकर्ताले कारोबार गर्न पाएका छैनन् । आजै फेरि कारोबार गर्ने/नगर्ने विषयमा निर्णय भइनसकेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो । कारोबार रोकिनुअघि नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेको थियो ।नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो । अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्