लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिकाले ‘विकृत सूचना’ फैलायो : चीन

IMG

 २०७८ फागुन ३० ,तिलोत्तमा सिटी।   बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरूबीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले “विकृत सूचना” फैलाएको आरोप लगाएको छ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भन्नुभयो, ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’ यसअघि रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका थिए । वाशिङ्टनमा रहेकाे चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ ।


कमेन्ट गर्नुहोस्