
२०७८ फागुन २७ , तिलोत्तमा सिटी । साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसलविन फरान अल साउद फागुन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी चैत १ गतेसम्म नेपालमै रहनेछन् ।साउद जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेको बताइएको छ । साथै, दुई पक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा मन्त्रिपरिषदले प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।
कमेन्ट गर्नुहोस्