
२०७८ फागुन २७ , तिलोत्तमा सिटी । जनता समाजवादी पार्टी सप्तरीले जिल्ला समानान्तर समवन्य समिति गठन गरेको छ । जिवछ यादवको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला समवन्य समिति गठन गरेको हो । कार्यक्रममा जसपाका पूर्व केन्द्रीय सल्लाहकार चन्देश्वर यादव, सिताराम सिलपलियालगायतका नेताहरुको उपस्थित रहेको थियो । महेन्द्रराय यादव नेतृत्वका राजपाका सप्तरी अध्यक्ष जिबछ यादवले जसपा समायोजनमा भेदभाव गरेको भन्दै समानान्तर समिति गठन गरेको बताएको छ ।
गठित समितिका उपाध्यक्षमा सुतिक्षण यादव, विरेन्द्रकुमार मण्डल, संजय मण्डल, सचिवमा राजेन्द्रप्रसाद साह, सहसचिवमा खेलानन्द साह, बुलाकी साह, भुपेन्द्र यादव, कोषाध्यक्षमा रिना कुमारी यादव, कार्यकारिणी समिति सदस्यहरुमा टुनटुन यादव, दिपक मण्डल, हरिसुन्दर यादव, रामानन्द चौधरी, शोभा कुमारी यादव, शिवशंकर मण्डल, सुरज यादव, मिना कुमारी साह, कपिलदेव मण्डल, मुनुलाल साह, रामकृष्णा साह, लगन सरदार, मनोज कुमार विश्वास, निलम भारती हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस्