
२०७८ फागुन २६ , तिलोत्तमा सिटी । खल्ती डिजिटल वालेटले फोनपे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा ५ हजार नगद जित्ने 'स्क्यानमा अफर' ल्याएको छ । यस अफरमा फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन् ।यस क्याम्पेनमा बम्पर उपहार टीभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे क्यूआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्नेछन् । त्यसैगरी हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर यही फागुन २६ देखि आगामी वैशाख १० सम्म मान्य छ ।
यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, 'हामीले हाम्रा हाल रहेका र भविष्यमा आउने खल्ती प्रयोगकर्ताहरूलाई आकर्षक उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्यूआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले अगाडि बढ्दैछौँ ।'‘खल्ती’मा हालै सुरु गरिएको फोनपे क्यूआरको सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार यसको साथै, अब खल्तीबाट जुनसुकै क्यूआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ ।
कमेन्ट गर्नुहोस्