
२०७८ फागुन २६ , तिलोत्तमा सिटी । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्बजनिक गरेको छ। अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रीदर १२२ रुपैयाँ ८० पैसा छ । हिजोको तुलनामा आज डलरको खदिरदर र विक्रीदर नै घटेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ७६ पैसा र विक्रीदर १२३ रुपैयाँ ३६ पैसा थियो । आज युरोपियन युरो आज १ को खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा छ ।युके पाउन्ड स्टलिङ १ को खरिददर १६० रुपैयाँ ९३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा कायम भएको छ । त्यसैगरी जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ । चाइनिज यून १ को खरिददर १९ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १९ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
कमेन्ट गर्नुहोस्