लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजको नेपाली मुद्राको विनिमय दर यस्तो छ

IMG

२०७८ फागुन २४ , तिलोत्तमा सिटी ।  नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ २२ पैसा र बिक्री दर १३३ रुपैयाँ ८७ पैसा कायम गरेको छ । अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ८४ पैसा र बिक्री दर १२३ रुपैयाँ ४४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ७२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५१ पैसा छ । 


 स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४३ पैसा  छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ९०  रुपैयाँ ८९  पैसा र बिक्री दर ९१ रुपैयाँ  ३३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ पाँच पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६२  पैसा र बिक्री दर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

कमेन्ट गर्नुहोस्