लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक रुपियाँ दरको सिक्का निष्कासन

IMG

२०७८ फागुन २४ , तिलोत्तमा सिटी । सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का नेपाल राष्ट्र बैङ्कले मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ । सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यसको माथिल्लो भागमा अङ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।


कमेन्ट गर्नुहोस्