
२०७८ फागुन २०, तिलोत्तमा सिटी । बिहान ११ बजेका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेर एक बजेपछि सुरु भएको छ ।।राष्ट्रिय सभा गृहमा सुरू भएको बैठक तीन दिनसम्म चल्नेछ ।बैठकमा एमसीसी सम्झौताबारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्यक्रम छ । बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयन रहेको छ । एमसीसी सम्झौतामा नेता श्रेष्ठ पक्षधरले असन्तुष्टि जनाएका छन् । एमसीसीका विषयमा श्रेष्ठ पक्षधरले छुट्टै छलफल पनि गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्