लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजको विदेशी मुद्राको विनिमय दर

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ४२ पैसा र बिक्री दर १३६ रुपैयाँ १० पैसा  कायम गरेको छ । अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा बिक्री दर १२० रुपैयाँ ७७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ११ पैसा र बिक्री दर १६१ रुपैयाँ ९२ पैसा छ ।  


स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८९ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ९३ पैसा र बिक्री दर ८७ रुपैयाँ  ३७ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ चार पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ दुई पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 


साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया तीन पैसा र बिक्री दर ३२ रुपैयाँ १९ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ तीन पैसा र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।



कमेन्ट गर्नुहोस्