
२०७८ फागुन १५ , तिलोत्तमा सिटी। नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार हाल ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८१ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
कमेन्ट गर्नुहोस्