लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक ७.७३ अंकले घट्यो

IMG

 २०७८ फागुन १५ , तिलोत्तमा सिटी ।   नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा झरेको हो ।समग्र कारोबार मापन गर्ने नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेको छ । कारोबार रकममा पनि आइतबार उल्लास देखिएन । दिनभर भएका ४९ हजार ६ सय ७० कारोबारबाट २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ भएको छ ।बजार घटेपनि हाइड्रोपावर कम्पनीहरु र अन्य समूहमा रहेका केही कम्पनीहरुको सेयर मूल्य भने राम्रै बढेको छ । धेरै बढ्नेमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयर पहिलो नम्बर देखिएको छ । यस कम्पनीको सेयर मूल्य २० रुपैयाँ १० पैसाले बढेको छ ।


कमेन्ट गर्नुहोस्