
२०७८ फागुन १३, तिलोत्तमा सिटी । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।सिंहदरबारमा भएको भेटमा दुई नेताबीच अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा कुराकानी भएको छ ।धनगढीमा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल काठमाडौं आएलगतै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भेटेका छन् ।
कमेन्ट गर्नुहोस्